पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागिता जनाएर आएको नेपाली क्रिकेट टोलिको भव्य स्वागत भएको छ ।
बंगलादेशमा जारी प्रतियोगितामा उत्साहजनक प्रदर्शन गरेर आज २ बजे काठमाडौं आईपुगेको उक्त टोलिलाई विमानस्थलमा खेलकुदमन्त्री परषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङलगायतले नेपाली टोलीको स्वागत गरेका छन् ।
क्रिकेट टोलीलाई स्वागतार्थ सयौं सर्वसाधरण समेत विमानस्थल पुगेका छन् ।
![]() |
तस्बीरः सेतोपाटी |
विश्वकपको समूह चरणको प्रतियोगितामा नेपालले हंगकंग र अफगानिस्तानलाई हराएको थियो भने रनरेटका आधारमा मात्रै समूह चरणबाट अलग्गिएको थियो ।
नेपालले जस्तै दुईमा जित र एकमा हार बेहोरेपनि बंगलादेश रनरेटका आधारमा समूह ए बाट सुपर टेनमा प्रवेश गरेको गर्यो भने नेपाली टोली उत्साह जनक प्रदर्शन गरेर आज स्वदेश फर्किएको हो । – चैत्र ७ ।