काठमाडौं २३ जेठ । संघीय संसद सचिवालयले संसदका लागि छुट्याएको बजेट फ्रिज गराएर विदेशी दाताको पैसामा सांसदहरुलाई तालिम दिन थालेको छ ।
राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को लगानीमा संसद सचिवालयले बुधबारबाट सांसदहरुका लागि दुईदिने संसदीय प्रक्रियासम्बन्धी तालिम आयोजना गरिएको छ ।

सांसदहरुलाई दिइने तालिम शीर्षकको बजेट फ्रिज गराएर यूएनडीपीको लगानीमा तालिम आयोजना गरिएपछि कतिपय सांसदहरुले विरोध पनि गरेका छन् ।
विदेशी दाताको सहयोगमा तालिम सुरु गरिएको भन्दै सामाजिक सञ्जालमा पनि यस कार्यको कडा विरोध भइरहेको छ ।

झोला, कापी, कलमलगायतका लजिस्टिक सामानको खर्च यूएनडीपीले बेहोर्ने छ । साथै तालिम दिने र तालिम लिनेहरुलाई भत्ता पनि उपलब्ध गराइने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।