काठमाडौं २४ जेठ । विवादित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
जग्गा खरिद प्रकरणमा विवादित खड्का सरकारद्धारा उनी यसअघि बर्खास्ती समेत भएका थिए । तर, सर्वोच्च अदालतको भरमा पुनः फर्किएका उनले पत्रकार सम्मेलन मार्फत ६ महिना कार्यकाल बाँकी हुँदै राजीनामा दिएका हुन् ।
उनी जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका थिए । खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।
Comments