वैवाहिक जीवनपछि चलचित्रबाट गुमनाम हुन लागेकी बलिउड अभिनेत्री इशा देवल फेरि चलचित्रमा फर्किएकी छन् । एक सन्तानकी आमा बनेकी उनी लामो विश्रामपछि चलचित्रमा फर्किएकी हुन् ।
उनका दाई बबी देवल र उनी विगत चार वर्षदेखि चलचित्र अभिनयमा थिएनन् । बबी चलचित्र रेश–३ बाट अभिनयमा फर्किएकै बेला इशा नयाँ चलचित्र ‘केकवाक’बाट चलचित्रमा पुनः नायिकाका रूपमा आएकी छन् । विवाहपछि पारिवारिक व्यावस्थापनका कारण केही समय चलचित्रबाट हराएको इशाको भनाइ छ ।
चलचित्रको छायांकन सकेर पोस्टर रिलिज गरिएको छ । उनी पोस्टरमा सेफको भूमिकामा देखिएकी छन् । यसअघि धुम र युवा गरी दुईवटा मात्र हिट चलचित्र दिन सफल इशा अब निरन्तर चलचित्रमा अघि बढ्ने पक्षमा छिन् ।
Comments







