चैत्र ५ । प्रधानमन्त्री सुशिल कोइरालासँग ३ थान मोबाइल बाहेक अन्य सम्पत्ती नभएपनि उनको मन्त्रीपरिषदमा भने करोडवाला मन्त्री समेत छन् ।
ती अन्य मन्त्रीहरुसँग गृहजिल्लाबाहेक राजधानीमा घरघडेरी, खातामा पचासौं लाख, नगद, बैक तथा वित्तीय संस्थामा ५०/६० लाखसम्म सेयर, लाखौंको गरगहनालगायत सम्पत्ति रहेका छन् ।
पटकपटक मन्त्री भएकाहरुको सम्पत्ति बढिरहेको छ। अन्नपूर्ण दैनिकमा आज छापिएको खबरमा लेखिएको छ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यको मात्र सम्पत्ति विवरण आउन बाँकि छ, अरु सबै मन्त्रीले सार्वजनिक गरेका छन्।
उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकशमान सिंह दुवै धनी मन्त्री हुन्। गौतमको वर्दीया र चितवनमा छोराको नाममा घडेरी, काठमाडौंमा फ्ल्याट, ललितपुर छमपीमा ७ आना २ पैसा घडेरी, बुहारीको काठमाडौं सााँग्लामा १ रोपनी घडेरी र बुहारीकै नाममा हुन्डाई आई २० गाडी छ।
छोरा र गौतमको नाममा करोड रुपैयाँभन्दा बढि नगद छ। उनीसँग सुन ३५ तोला, चाँदी एक सय तोला, हीर एक सेट बैंकमा छोराको नाममा ९६ लाख, आफ्नै नाममा १ लाख र पत्नी तुलसाको नाममा बैंक तथा वित्तीय संस्थामा ११ लाख बरारबरको सेयर छ। गौतमको ऋण ५० लाख छ।
अर्का उपप्रधानमन्त्री सिंहको क्षेत्रपाटीमा सगोलको ७ रोपनी जग्गामा दुईवटा घर, अपार्टमेन्ट, उपत्यकाभित्र ३२ रोपनी जग्गा, धनुषामा ३० बिघा जग्गा रहेको उल्लेख छ। उनको ६५ तोला सुन करिब २ किलो चाँदी, बैंकमा ७ लाख ६४ हजार रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थामा१५ लाख रुपैयाँ बराबरको सेयर, टोयोटा प्राडो गाडि र एउटा मोटरसाइकल सम्पत्ति रहेको उल्लेख छ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ धनी मन्त्रीमा पर्छन्। उनको राजधानीमा १७ रोपनी, १४ आना र ८ आनामा बनेका तीनवटा घर, चितवनमा ९ बिघा, भैरहवामा डेढ बिघा र गृह जिल्ला मनाङ १० रोपनी जग्गा छ।
उनको ४१ लाख बरारबरको सेयर, दुईटा महँगा जीप, एउटा कार र १५ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ।
अर्थमन्त्री रामशरण महतको बाँसवारीमा १ रोपनी २ आनामा बनेको साढे दुई तले घर, १६३ बर्गमिटरको अपार्टमेन्ट, राजधानीमा ४ रोपनी र काभ्रेमा १४ रोपनी, गृह जिल्ला चौघडामा ६३ रोपनी बन्डा हुन बाँकि जग्गा छ।
उनीसँग सुनको गहना ९५ तोला, चाँदी २ स य १० तोला, केहि हीराका गहना, टोयोटा प्राडो गाडी र मारुती कार, बैंकमा करिब ६४ लाख नगद र विभिन्न बैंकमा ८ लाख भन्दा बढिको सेयर रहेको छ। उनले बैंकबाट १ करोड १० लाख रुपैयाँ ऋण लिएको समेत उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको भक्तपुर कटुञ्जेमा १ रोपनी जग्गा, सुन ६० तोला, चाँदी १ सय ५० तोला, नगर र बैंकमा गरि करिब ४५ लाख रुपैयाँ र २ लाखभन्दा बढिको सेयर सम्पत्तिको रुपमा रहेको छ।
कानूनमन्त्री नरहरी आचार्यको राजधानीमा १ रोपनी २ आनामा बनेको घर, राजधानीमा १ रोपनी जग्गा, तनहुँको दमौलीमा ६ सय ४५ वर्गफिटमा बनेको घर र १८ रोपनी जमि, सुन ७ तोला, चाँदी १ किलो, बैंकमा १२ हजार रुपैयाँ र मोटरसाएइकल छ। पत्नी शारदाको नाममा राजधानीमा२ आना १ पैसा र चितवनमा ३० कट्ठा जग्ग, ३० लाख नगद, ३५ तोला सुन र डेढ किलो चाँदीको गहना सम्पत्तिको रुपमा रहेको उल्लेख छ।
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल र उनकी पत्नी दुर्गा रिजालको नाममा गृह जिल्ला मोरङ्को विराटनगरमा साढे ११ कट्ठामा घरजग्ग्ाा, दुलारी गाविसमा आठ बिघा जग्गा, राजधानीमा २ रोपनी जग्गा र घर, सुन ४० र चाँदी ४ सय तोला, बैंकमा ५० लाख, नगद, विभिन्न संस्थामा सवा करोड रुपैयाँबराबरको सेयर र मारुती सुजुकी गाडी छ।
Comments