चैत्र ५ । कतारले आफ्नो देशमा विश्वकप भित्र्याउन फिफाका तत्कालीन उपाध्यक्ष ज्याक वार्नरलगायतलाई लाखौं पाउन्ड घुस दिएको खुलेको छ ।
कतारले फिफाका प्रभावशाली व्यक्तिलाई घुस दिएर विश्वकप आयोजनाको जिम्मेवारी लिएको दाबी गरिएको खबर बेलायती पत्रिका टेलिग्राफ दैनिकलाई उदृत गर्दै आजको नयाँ पत्रिकले लेखेको छ ।
टेलिग्राफले विश्वकप आयोजनाको जिम्मेवारी प्राप्त गर्न कतारी एक कम्पनीले फिफाका एक तत्कालीन उपाध्यक्ष ज्याक वार्नर, उनको परिवार र एक कर्मचारीलाई घुस दिएको दाबी छ । टेलिग्राफका अनुसार फिफका तत्कालीन कार्यकारी सदस्य एवं एसियाली फुटबल महासंघ ९एएफसी०का अध्यक्ष ओहम्मद बिन हमामको उक्त कम्पनीले फिफाका तत्कालीन उपाध्यक्ष वार्नरलगायतलाई घुस दिएको जनाएको हो ।
जसअनुसार बिन हमासको यो कम्पनीले ०२२ को विश्वकप आयोजनाको जिम्मेवारी कतारलाई दिने निर्णय गराउन वार्नरलाई व्यक्तिगत सात लाख २० हजार पाउन्ड उपलब्ध गराएका थिए । यस्तै ४ लाख ५० हजार पाउन्ड वार्नरका छोरा एवं दुईलाख ४० हजार पाउन्ड उनका एक कर्मचारीलाई उपलब्ध गराएको टेलिग्राफको दाबी छ ।
कतारले सन् २०२२ को फिफा विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।