काठमाडौं ७ असार । फुटबल स्ट्राइकर लिओनल मेस्सी कर छलिको सुचिमा परेका छन् । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स–२ सार्वजनिक गर्दा मेस्सीको नाम समेटिएको हो ।

यसअघि पनि मेस्सीको नाम कर छलिको सुचिमा परेको थियो । बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।