बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्म ‘सञ्जु’ले अहिले भारतीय बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यसैक्रममा बलिउडकी अभिनेत्री एवं पूर्वपोर्नस्टार सन्नी लियोनीको बारेमा पनि बायोपिक सिरियल बन्ने भएको छ ।
सन्नी आफैंले बायोपिकका लागि अधिकार दिएपछि उनका बारेमा बायोपिक सिरिलियल बन्न लागेको हो । यो बायोपिकको छायांकनसमेत सुरु भइसकेको छ । ‘द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ नाममा यो बायोपिक सिरिज चलचित्र बन्न लागेको हो । यही १६ जुलाईमा सन्नीको बायोपिक सिरिज तयार हुने पनि निर्माण पक्षले जनाएको छ । करनजित कौर बोहराले लियोनीको बायोपिक सिरिज बनाइरहेका छन् । यो बायोपिक ‘जी फाइभ’मा देख्न पाइने पनि सन्नीले बताएकी छन् ।
Comments







