काठमाडौं २८ असार । प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा बाढी र डुबानको फोटो हालेर पानी जहाज भन्दै उडाउनेलाई कारबाही गर्न माग गरेका छन् ।
संसद बैठकको विशेष समयमा बोल्दै बस्नेतले डुबान र बाढीले धनजनको क्षति भईरहेको बेला उद्धारमा नखट्ने तर फेसबुकमा फोटो हालेर पानी जहाज भन्दै उडाउनेमाथि साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्ने बताए ।
उनले फेसबुकेहरुलाई सक्ने भए देशैभर उद्धारमा खटिन र नसक्ने भए चुप लागेर बस्न चेतावनी समेत दिए ।
Comments