पाँचथर, ३० असार । फालेलुङ गाउँपालिका–६ मा आज साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् ।

फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।