काठमाडौं ५ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

देउवाले सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी समेत दिएका छन् ।

नयाँ वानेश्वरमा शनिबार नेपाल तरुण दलको प्रदर्शन माथि बल प्रयोग लगतै नेपाली कांग्रेसका देउवा प्रधानमन्त्री ओलीलाई भेट्न सोझै बालुवाटार पुगेका थिए ।
सो क्रममा उनले आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।