साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा आजको दिन शताब्दीकै लामो खग्रास चन्द्र लाग्दैछ । नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण) चन्द्र ग्रहण लाग्नेछ।

नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ। तर, नाशाको वेव साइटमा भने २ मिनेट कम जनाइएको छ ।

ज्योतिषहरुले खग्रासका कारण प्रधानमन्त्री केपी ओलीलाई ६ महिना सचेत हुनुपर्ने बताएका छन् । ‘हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीजीको नाम, राशि नक्षत्रको विचार गर्दा यो ग्रहणले उहाँलार्इ हरेक दृष्टिकोणले विशेष गरी नजिकका ६ महिना सजग रहन संकेत पनि गरेको छ ।’ वास्तु एवम् ज्योतिषशास्त्री शिव पोखरेलले भनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।