काठमाडौं । पञ्चकन्या माइ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) एक लाख १ सयले पाएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार भएको बाँडफाँडमा गोलाप्रथाबाट एक लाख एक सयले शेयर पाएका छन ।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनाबाट १ करोड ८४ हजार ७३० कित्ताको माग परेको थियो । जस मध्ये एक लाख एक सयले मात्र पञ्चकन्याको सेयर हात पारेका हुन । बाँकी ४६ हजार २८९ जनाले सेयर पाएनन ।
Comments







