ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिश्वबिद्यालय र बिद्यालयमा अध्यापनरत प्राध्यापक–शिक्षकहरुको संगठन बिश्वबिद्यालय प्राध्यापक तथा बिद्यालय शिक्षक एसोसिएसन (उस्टान) ललितपुरको तदर्थसमिति संयोजकमा डा जीवलाल वस्याल चयन भएका छन् ।

केन्द्रीय समितिको पहलमा शुक्रवार सम्पन्न जिल्ला भेलाले ३५ सदस्यीय जिल्ला कार्य समिति र ११ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन गरेको हो ।

एसोसिएसनकोे सचिवमा राजेश गिरी चयन भएको नेकपाका केन्द्रीय सदस्य तथा पेशागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रमल कुमार खनालले बताए ।
नवनिर्वाचित अध्यक्ष बस्यालका अनुसार सदस्यहरुमा सदस्यहरु जयराम अधिकारी, इन्दु शर्मा, सीता प्याकुरेल, उमानाथ लुइटेल, रमेश बिष्ट, रामफुल यादव, प्रबिन श्रेष्ठ, प्रबेश केसी, केशव कुमार श्रेष्ठ, गोबिन्द संजेल, अर्जुन घिमिरे, गोपाल खड्का, पुष्प राइ, रुद्र कर्माचार्य, निलकण्ठ भुषाल , भुपाल आचार्य, सोमकुमार लामा, अनिल भुषाल, डण्डुप लामा, राजन थापा र यशोदा आचार्य चयन भएका छन् ।

एसोसिएसनले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा प्राडा खेम दाहाल, प्राडा माधव दाहाल, प्राडा प्रेमसागर चापागाइ, इश्वर हमाल, बिदुर नेपाल, वल्लभ निरौला, सरिता श्रेष्ठ र ज्ञान बहादुर थापा चयन भएका छन् । कार्यसमिति र सल्लाहकार समितिका अन्य सदस्य भने तदर्थसमिति बैठकले चयन गर्ने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।