काठमाडौं १२ साउन । प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशी प्रधान न्यायाधिश हुने नहुने झनै बेटुंगो भएको छ ।
बिहीबार सिंंहदरबारमा चार घण्टा सुनुवाइ भएर शुक्रबार अनुमोदन हुने नहुने बताइए पनि शुक्रबार सार्वजनिक सुनुवाइ समितिको बैठक नै बसेन ।
सेतोपाटी डटकममा उल्लेख भएको समाचार अनुसार सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर (३६६७) अर्कै व्यक्तिको नाममा भेटिएको छ ।
स्रोतलाई उदृत गर्दै प्रकाशित समाचारमा उक्त सिम्बोल नंम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ ।
समाचारमै समितिका अर्का सदस्यले फेला परेको डकुमेन्ट फोटोकपी भएकाले विश्वास गर्ने कि नगर्ने भन्ने दुविधा उत्पन्न भएको समेत जनाइएको छ । समितिको बैठक आइतबार बिहान बोलाइएको छ । उक्त बैठकले उनी प्रधान न्यायाधिश हुने नहुने छिनोफानो गर्नेछ ।