फागुन ३० । हास्यकलाकार जोडी धुर्मुस भनेर परिचित सिताराम कट्टेल र सुन्तलीको नामबाट परिचित कुन्जना घिमिरेलाई पहिलो सन्तान लाभ भएको छ ।
राजधानीका नर्भिक अस्पतालमा उनीहरुलाई पहिलो सन्तानको रुपमा छोरी लाभ भएको हो । शरीरमा सुगर देखिएपछि कुञ्जनालाई १५ दिनदेखि नर्भिकमै भर्ना गरिएको थियो । चिकित्सकले चैत १५ को मिति तोकेको भएपनि अपरेशन गरेर बच्चालाई जन्म दिइएको हो। अहिले आमा र छोरी दुवैको स्वास्थ्य स्वस्थ छन् ।
२०६५ सालमा बिबाह बन्धनमा बाँधिएका यी जोडी नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला मेरी बास्सैमा निक्कै परिचित छन् ।
Comments