काठमाडौं १५ साउन । सार्वजनिक सुनुवाईपछि संसदीय सुनवाई समितिको निर्णय आउने क्रममा रहेका बेला कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी तोकेका छन् ।
जोशीले गत बिहीबारयता आफूलाई पेशी तोकेका थिएनन् । तर मंगलबार भने न्यायाधीश प्रकाशमान सिंह राउतसँग कामु प्रधानन्यायाधीश जोशीले पूर्ण इजलासमा पेशी तोकेका हुन्।
संसदीय सुनुवाई समितिमा जोशी उपर पाँचवटा उजुरी परेका छन्। चार उजुरी उनको इजलासले गरेका फैसला उपर छन्। एउटा उजुरी उनको ब्यक्तिगत खर्चका बिषयमा छ ।
बिहीबार संसदीय सुनुवाईमा उपस्थित उनी प्रधान न्यायाधिश हुने नहुने टुंगो छैन । शुक्रबार नै छिनोफानो हुनुपर्नेमा समितिको बैठक सर्दै आएको छ ।