काठमाडौं १५ साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले विभिन्न ९ व्यक्तिले दायर गरेको रिटको सुनुवाई स्थगित गरेका छन् ।
सरकारले गएको असार २० गते विभिन्न निकाय तथा कार्यालयमा आफू जिम्मेवार रहेको पदबाट हटाइएकाहरुको रिटको सुनुवाई आज तोकिएकोमा स्थगित हुन पुगेको हो ।
सर्वोच्चले अन्तरिम अन्तरकालीन आदेश जारी गर्दै मंगलबार छलफलका लागि बोलाएको रिट निवेदनको पेसी स्थगित हुन पुगेको हो । कामु प्रधान न्यायाधिशको सुनुवाई पछि प्रधान न्यायाधिश हुने नहुने छिनोफानो भई नसकेको अवस्थालाई मध्य नजर गरेर पेशी स्थगित गरिएको बुझिएको छ ।
शेरबहादुर देउवा सरकारले गएको भदौ १४ गतेपछि गरेका राजनीतिक नियूक्ति निर्वाचन आचारसंहित विपरित रहेको दाबी गर्दै मन्त्रीपरिषद्ले गएको असार २० गते ती नियूक्ति खारेज गर्ने निर्णय गरेको थियो।