काठमाडौं १६ साउन । बिराटनगरमा एक दशकदेखि सञ्चालनमा रहेको भारतीय फिल्ड अफिस आजदेखि बन्द भएको छ ।

अवैधानिक रुपमा भारतले सञ्चालन गर्दै आएको क्याम्प आजदेखि भारतले बन्द गरेको हो । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । क्याम्प बन्दसँगै त्यहाँबाट हुने काम अबदेखि काठमाडौंस्थित दुतावासबाट हुने भारतीय दुतावासले जनाएको छ ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो ।

क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुरा अगाडी बढाएसँगै भारत हटाउन तयार बनेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।