काठमाडौं १६ साउन । डा. गोविन्द केसीको अनसनको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाटै राजीनामा दिएका छन् ।

पार्टी एकतापछि प्रवक्ता चुनिएको तीन महिना नबित्दै उनले राजीनामा दिएका हुन् । श्रेष्ठले सरकार र केसीबिच सहमति हुन नसकिरहेको अवस्थामा डा. केसीसँग भेट गरेका थिए । पार्टी सचिवालय बैठकमा ओलीले केसीसँग भेटेकोबारे प्रश्न गरेका थिए । सो क्रममा अध्यक्ष र प्रवक्ताबिच विवाद उत्पन्न भएको थियो ।

ओली केसीको मागमा सहमति थिएनन् भने श्रेष्ठले उनका कतिपय जायज माग सम्बोधन गरेर जानुपर्ने अडानमा थिए । मनमुटाव बढ्दै जाँदा श्रेष्ठले तपाईका प्र्रवक्ता तपाइ्र्र नै राख्नुहोस् भनेर राजीनामा दिएका थिए ।

राजीनामा यसअघि नै दिएपनि मिडियामा बुधबार मात्र बाहिरिएको थियो । राजीनामाको विषय सार्वजनिकपछि श्रेष्ठले अरु सबै कुरा गौण रहेको भन्दै र्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको यतिबेलाको मुख्य कार्यभार पार्टी एकतालाई सुदृढ गर्नु र सरकारलाई सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्न सफल पार्नु रहेको प्रतिक्रिया दिएका छन् ।

‘हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको यतिबेलाको मुख्य कार्यभार पार्टी एकतालाई सुदृढ गर्नु र सरकारलाई सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्न सफल पार्नु हो । सबैले यसैमा ध्यान केन्दृत गरौँ, अरु सबै कुरा गौण हुन् । उपरोक्त दुई कार्यभार पूरा गर्न भने गम्भीर बनौँ ।’ उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।