काठमाडौं १८ साउन । अब सरकारी कर्मचारीको तलबबाट ६ प्रतिशत रकम काटिने भएको छ । उक्त रकम भने पेन्सनमा जोडिनेछ ।
साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीहरुमा यो व्यवस्था लागू गरिने भएको हो ।

चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीबाट ६ प्रतिशत योगदान हुनेगरी रकम कटौती गर्ने भएको हो।

साउन १ अघि नियुक्त भएका कर्मचारीको तलबबाट भने पेन्सनका लागि कुनै रकम कटौती हुने छैन।

यसअघि १० प्रतिशत रकम कटौती गरी त्यति नै रकम सरकारले जम्मा गरिदिने प्रस्ताव अर्थले गरे पनि यसलाई मन्त्रिपरिषद बैठकले संशोधन गरी स्वीकृत गरेको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।