काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर अनुमति नै नलिई विदेश, संविधानकै उल्लंघन

काठमाडौं १८ साउन । संविधान र वर्तमान सरकारले जारी गरेको निर्देशिका विपरित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विदेश हाकिएका छन् ।

स्वीकृति लिएर मात्र विदेश जान पाउने संवैधानिक अधिकारलाई लत्याउँदै उनी विदेश हाकिएका हुन् । उनी साउन १५ मा जापान गएका हुन् ।
संविधानको धारा ५९ ९६० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ।

‘जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारी चाहिँ पाएका छौँ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘औपचारिक जानकारी दिने गरेका छैनन् ।’

मेयर शाक्यले राम्रो नतिजा दिन नसकेको भनेर पछिल्लो समय चौतर्फी आलोचना समेत बढेर गएको छ ।