काठमाडौं १९ साउन । सरकारले कर्मचारीको पोशाक भत्ता वृद्धि गदैं १० हजार पुर्याएको छ । मन्त्रीपरिषदको शुक्रबार अबेर रातिसम्म बसेको बैठकले कर्मचारीको पोशाक भत्ता वार्षिक ७ हजार ५ सयबाट दश हजार पुर्याउने निर्णय गरेको हो ।
सरकारले यसअघि आर्थिक वर्षको बजेटमा कर्मचारीको भत्ता र बिमा बढाउने निर्णय गरेको थियो । बजेटमा कर्मचारीले तलब नबढेको भन्दै असन्तुष्टि जनाएका थिए । मन्त्रीपरिषद बैठकले बजेट भाषण अनुसार पोशाक भत्ता र बिमा रकम बढाएको हो ।
मन्त्रीपरिषद बैठकले सशस्त्र प्रहरीका अधिकारीहरुको सरुवा समेत गरेको छ । सरकारले उखुको न्यूनतम मूल्य समायोजन नहुँदासम्म गत १५ जेठदेखि लागू हुने गरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ । सरकारले समाज कल्याण परिषदमा भएको अनियमितता छानबिन आयोग गठन गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता तथा सञ्चार, सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।






