काठमाडौं १८ साउन । नेपालले एकदिवसीय क्रिकेटमा खेल्न सुरु गरेको आफ्नो दोस्रो खेलमा नै पहिलो जित निकालेर इतिहास रचेको छ ।
नेदरल्याण्डसँग पहिलो गेम पराजितसँगै शुक्रबार (१८ साउन) मा खेलेको खेलमा नेपालले १० नै विकेट गुमाएर ११७ रनको विजयी लक्ष्य दिएको थियो । घरेलु टोली नेदरल्याण्डले पछ्याउने क्रममा १० नै विकेट गुमाएर ११५ रन मात्र बनाउँदा १ रनले पराजित बन्न पुग्दा नेपालले भने इतिहास रच्न पुग्यो ।
अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । तर, कप्तान पारस खड्काको बलमा ५ रन जोड्न सफल भएपनि एक रन जोड्न सकेन ।
कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक र चौथो बलमा २ रन लिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहियो ।
पाँचौं बलमा पारसले फेरि रन दिएनन् । अब अन्तिम बलम २ रन चाहियो । अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १(१ विकेट हात पारे ।
सुरुमा ब्याटिंग गरेको खेलमा नेपालका तर्फबाट सोमपालले ४६ बलमा ६१ रनको योगदान गरेका थिए ।