फागुन २९ । सुनको मूल्य बिहीबार तोलामा चार सय ५० रुपैयाँले बढेर ५७ हजार एक सयमा कारोबार भएको छ । सुनको मूल्य दुई दिनमा एक हजार रुपैयाँ महंगो भएको हो ।

भारतीय बजारमा भने बिहान सुनको मूल्य घटेको छ । बुधवार तीस हजार दुई सय ७२ भारुमा कारोबार भइरहेको १० ग्राम सुनको मूल्य बिहीवार भने ६७ भारुले घटेको छ ।

बिहीवार विहान ३० हजार चार सय पाँचमा सुनको किनबेच भइरहेको छ । यता, नेपाली बजारमा चाँदी पनि पाँच रुपैयाँले महंगो भएर आठ सय ७० रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।