फागुन । विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरियतामा नेपाल ९ अंक माथि उक्लिन सफल भएको छ ।
यसअघिको १ सय १७९ औं स्थानमा रहेको नेपाल ९ स्थान माथि उक्लदै १ सय ६० औ स्थानमा उक्लिएको हो । फिफाको वरियाता अनुसार नेपाल बंगलादेश भन्दा पनि अगाडी छ । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १२७ औ स्थानमा छ ।
त्यस्तै भारत दुई स्थान माथि उक्लदै १५२, ६स्थान माथि उक्लिएको माल्दिभ्स १५७, ७ स्थान माथि उक्लिएको पाकिस्तान १५८ तथा २ स्थान सुधारेको बंगलादेश १६२ स्थान हुँदै नेपाल भन्दा पछाडि परेको छ ।
श्रीलंका पनि २ स्थान तल झरेर १७३ र भुटान २०७औ स्थानमा रहेका छन् ।
वरियतामा स्पेन शीर्ष स्थानमा कायमै छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः जर्मनी, अर्जेन्टीना, पोर्चुगल, कोलम्बिया छन् ।