फागुन २९ । म्याग्दीको कुहुँ–८ थाईवाङ्ग शिरानमा पर्ने अंगेरीखोलाको भीरबाट मध्यान्न ११:५० बजे उडेको प्याराग्याईडिङ्ग दुर्घटनामा परेको छ ।

 उडेको केहीबेरमै उक्त प्याराग्याईडिङ्ग झरेर तल भीरमा बज्रिएको थियो ।

भीरपहराबाट हाम फाल्दै उड्ने साहसिक खेल प्याराग्लाइडिङ दुर्घटनामा परी घाइते चेक रिपब्लिकाका पर्यटक प्रिमेक हलेकको उपचारको क्रममा निधन भएको छ । हेलिकप्टरबाट पोखरा ल्याइएका उनको मनिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा परी भीरमा अड्केका घाइते हलेकलाई स्थानीयले दुई घन्टाको प्रयासबाट भीरबाट समथर स्थानमा ल्याएका थिए ।

स्थानीयबासीले उड्ने बित्तिकै प्याराग्याईडिङ्ग भीरमा खसेको देखेपछि उद्दारमा पुगेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।