काठमाडौं १९ साउन । विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले पाँच दिनको अल्टिमेटम दिँदै सिंहदरबार नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
अस्थायी, करार तथा ज्यालादारी करिब ३२ हजार कर्मचारी सिंहदरबारमा आएर ठप्प पार्ने उनीहरुको चेतावनी छ ।
लामो समयदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सिंहदरबारस्थित आधिकारिक ट्रेड युनियनको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारलाई पाँचदिने अल्टिमेटम दिएका छन् ।
माग सुनुवाई नभए सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने समेत उनीहरुको भनाई छ ।
Comments






