फागुन २८ । शिक्षक सेवा आयोगले स्थगन गरेको विभिन्न तहको अन्तर्वार्ता कार्यक्रम एक हप्ताभित्र ल्याउने गरी तयारी गरेको छ । नतिजामा अनियमितता भएको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको नतिजामा छानबिन गरेको थियो र आयोगले सफाइ दिएपछि अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि तयारी गरिएको हो ।
स्थगित अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि शिक्षा मन्त्रालयसँग छलफल भइरहेको जानकारी गराउँदै शिक्षक सेवा आयोगका उपसचिव नारायणप्रसाद भट्टराईले अन्तर्वार्ता कार्यक्रम आगामी एक हप्ताभित्रमा आउन सक्ने बताए ।
उनले भने,’माध्यमिक तथा निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा प्रकाशन भइसकेका कारण तिनीहरुको अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको र नतिजा प्रकाशन गर्न बाँकी रहेको प्राथमिक तहको नतिजा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक भएपछि प्रकाशन गरिने छ ।’
आगामी चैत ६ देखि १४ गतेसम्म एसएलसी परीक्षा हुने भएका कारण एसएलसी परीक्षापछि मात्र अन्तर्वार्ता लिने गरी छलफल भइरहेको उनले वताए । उनका अनुसार अन्तर्वार्ता कार्यक्रम नतिजा प्रकाशन भएको मितिबाट लगभग १५ दिनको अन्तरालमा हुनेछ । रासस
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।