फागुन २८ । काठमाडौं प्रमुख समेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले अपराध नियन्त्रण गर्ने कुरामा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेका छन् ।
सामूदायिक सेवा केन्द्र, सामूदायिक प्रहरी सेवा केन्द्र चुनदेवीले आज नागरिक र प्रहरीबीच गरेको अन्तक्रियामा खरेलले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण जस्ता विषयमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा खरेलले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने समेत बताएका छन् ।
जुनसुकै दलको आडमा गरिने गुण्डागर्दी र अपराध आफूलाई मान्य नहुने भन्दै खरेलले गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने समेत बताए ।
खरेलले पर्वको नाममा विकृति मच्चाउनेलाई पनि नछाड्ने चेतावनी दिएका छन् । नजिकिदै गरेको होलीलाई मर्यादित बनाउनु सबैको कर्तव्य भएको उनको भनाई छ ।
Comments