नेकपा एमाले तथा माओवादी केन्द्रका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट सुल्झाउन आग्रह गरेका छन् ।
नेकपा (एमाले) का युवा नेता योगेश भट्टराई र ठाकुर गैरे, नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेत लगायतका युवा नेताले भण्डारी सँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले युवा नेताले समसामयिक विषयमा समेत राष्ट्रपतिसँग कुरा गरेको जानकारी दिएका छन् ।
Comments