काठमाडौं २८ साउन । एक कर्मचारीको सरूवाको विषयमा कर्मचारीका नेताको कुरा अटेर गर्दा एक उपसचिवले सिंहदरबारभित्रै हातपात सहनु परेको छ ।

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका गरेका हुन् ।

एक कर्मचारीको सरुवाको विषयमा उनीहरुबिच विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा उपाध्यक्ष भण्डारीले उपसचिव आचार्यमाथि हातपात गरेको मन्त्रालय स्रोत बताउँछ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले मन्त्रालयभित्रै उपसचिवको कार्यकक्षमा हातपात हुनु दुरभाग्यपूर्ण भएको भन्दै घटनाको अध्ययन भईरहेको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।