काठमाडौं २८ साउन । प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले आत्मसमर्पण गरेका छन् ।

२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या भएको विषयमा मुद्दाका फरार अभियुक्त उनले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका हुन् ।

उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफु अदालत समक्ष उपस्थित भएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।