काठमाडौं ४ भदौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर १ का शिवराम गुरुङ भेटिएका छन् । २१ साउनमा काठमाडौंको भिमसेनगोलाबाट हराईरहेका उनी १२ औं दिनमा फेला परेका हुन् ।

खोटाङबाट उपचारका लागि काठमाडौं ल्याइएका १६ वर्षिया उनी हराएपछि परिवारमा चिन्ता थपिएको थियो ।

उनी हराएकोबारे फोटोसहित समाचार सार्वजनिक भएपछि एक व्यक्तिले शिवरामको बारेमा जानकारी दिएपछि उक्त व्यक्तिको सुचनाको आधारमा उनका परिवारले खोजी गर्दा उनी फेला परेको उनको दाजु बलराम गुरुङले जानकारी दिए । शिवराम फेलापरे सँगै उनको परिवारमा खुसी छाएको छ भने शिवरामको उपचारमा परिवार लागेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।