काठमाडौं ५ भदौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सामान्य निवासमा बस्न सुरु गरेका छन् । आफ्ना सैन्य सुरक्षा र दुई कामदार लगेर उनी सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।

प्रधानमन्त्री निवासमा हुँदा ५२४ जना कर्मचारी रहेका थिए । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।
खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।