
गृहमन्त्री गौतमले फुजेल घटनाको सन्दर्भमा हालै दिएको सार्वजनिक अभिव्यक्तिलाई माओवादीले १२ बुँदे समझ्दारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधान विपरित भएको समेत जनाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले प्रेस विज्ञप्ति जारी गर्दै गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन, बेपत्ता नागरिक सार्वजनिक गर्न र सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत समस्या समाधान गर्न भुसालले गृहमन्त्री गौतमसग आग्रह समेत गरेकी छिन् ।
सरकारले पुनः सहमति र मेलमिलाप गर्नुको सट्टा पुनः द्धन्द्ध निम्त्याउन खोजेको भन्दै माओवादीले उक्त काम गलत भएको समेत जनाएको छ ।
युद्धकालका राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दा खारेज गरी त्यस्ता मुद्दा लगाउनेलाई कारबाही गर्नु एवम् वेपत्ता नागरिक सार्वजनिक गर्नु तथा युद्धकालमा भएका मानवअधिकार उल्लङ्घनका घटनाको तथ्यका आधारमा राजनैतिक सहमति र मेलमिलाप गर्नुको सट्टा, तिनलाई ब्युँत्याएर पुनः द्वन्द्व निम्त्याउने जमर्को र सार्वजनिक घोषणा गर्नु नितान्त गलत रहेको ठहर हाम्रो रहेको छ ।’ प्रवक्ता भुसालले भनेकी छिन- ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन, वेपत्ता नागरिक सार्वजनिक गर्न तथा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत उठेका समस्या समाधान गर्न जोडदार माग गर्दछ ।’
माओवादीले १२ बुँदे समझ्दारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधानमा भएका वेपत्ता नागरिक सार्वजनिक गर्ने, सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनबारे सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सार्वजनिक गर्ने आयोग र वेपत्ता आयोगद्वारा सत्यतथ्य निरुपण गरी सामाजिक मेलमिलापको वातावरण निर्माण गर्ने र हिजो भए गरेको झुठा मुद्दाहरु खारेज गर्ने भन्ने कुराको बर्खिलाप गरेको आरोप समेत लगाएको छ ।
माओवादीले आफ्नो राजनीतिक गलत अभिष्ट पूरा गर्ने उद्देश्यले सामान्य कानुन बमोजिम घटना र मुद्दाहरुको एक–एक गरी छानबिन गर्ने, क्षतिपुर्ति दिने तथा कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत राजनीतिक सहमति अनुसार द्वन्द्व व्यवस्थापन र मेलमिलापको सरकारी दायित्वबाट पन्छिने निकृष्ट अभिव्यक्ति भनेको छ ।