काठमाडौँ, १० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आइतबार बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षा बन्धन लगाइदिएका छन् ।
शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि रक्षाबन्धन लगाइदिए ।
आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले पनि राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिएको राष्ट्रपतिका सहस्वकीय सचिव शिव भट्टराईले राससलाई जानकारी दिए । रासस
Comments