विराटनगर, १० भदौ । नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाए ।

गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई विकास बजेट परिचालन र कर घटाउने विषयमा आगामी सोमबार काठमाडौँमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।

उपनेता गच्छदारले आफ्नो पार्टीले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारको असल कामको समर्थन र संविधान विपरीतको कामको विरोध गर्ने धारणा व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।