काठमाडौं २१ भदौं । सरकारले खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । गएराती देखि लागू हुने गरी सरकारले खाना पकाउने ग्यासको प्रति सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

सरकारले पेट्रोल र डिजेलको पनि मूल्य वृद्धि गरेको हो । पेट्रोल लिटरमा १ र मट्टितेल÷डिजेलमा ३ रुपैयाँ मूल्य बढेको हो ।

भारतबाट मूल्य बढेर आएको र अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्न परेको निगमले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।