काठमाडौं २२ भदौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अहिलेसम्मकै ठूलो मुद्धा लगाइएको छ ।

दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप प्रकाण्डलाई लगाइएको छ । विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पुर्‍याइँदै उनका लागि अहिलेसम्मकै यो ठूलो मुद्धा हो ।

नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई दाङको तुल्सीपुरमा लगेर अदालतमा पेश गर्ने तयारी भएको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।