काठमाडौं । पत्रकार कृष्ण आर्चायद्धारा लिखित उपन्यास ‘अप्रिल फुल’ को शनिबार सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा भवनमा शनिबार आयोजित एक कार्यक्रमका बिच कृति विमोचन गरिएको थियो । विमोचन समारोहमा साहित्यकार कृष्ण धारावासी, ज्योति जंगली, गायक हेमन्त शर्मालगायतको उपस्थिती थियो ।
उपन्यासको समिक्षा गर्दै कृति विमोचन कार्यक्रमका अतिथि तथा समिक्षकले उपन्यास भावनात्मक रुपमा सरर बगेको भन्दै प्रशंसा गरेका थिए । साहित्याकार धारावासीले उपन्यासले युवा अवस्थाको प्रेम पूर्ण रुपमा झल्काएको जनाए ।
गायक हेमन्त शर्माले आफूले सोचे भन्दा कृति उत्कृष्ट भएको समेत बताए ।
साहित्यकार जंगलीले कृतिले सामाजिक पक्ष, युवा प्रेमको आक्रोशको विषय न्यायपूर्ण रुपमा उठाएको बताइन् । उनले कृतिको भावनाले आफू एक अविभावक भएर झस्किएको समेत जनाइन् ।
लेखक आचार्यले आफू एक पत्रकार भएर लेख्दै र देख्दै आएको सामाजिक समस्या र युवा प्रेमले निम्त्याएको परिणामको बारेमा उल्लेख गरिएको बताए । पुस्तक युरिका प्रकाशनले बजारमा ल्याएको हो ।







