फागुन २१ । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारले केही दिनमै २६ जना सभासदको मनोनयनको गर्ने बताएका छन् ।प्रेस युनियन पाल्पाले बुधवार तानसेनमा गरेको कार्यक्रममा उनले संविधानसभाले पूर्णता नपाएकाले अब केही दिनमै २६ जना सभासदको मनोनयन हुने बताए ।
सिंहले दलहरुवीच सकभर सहमतिवाटै विवादीत विषय टुंग्याउने त्यसो नभए बुहमतीय प्रक्रियावाट भएपनि टुंगो लगाएर संविधान जारी गरिने समेत बताएका छन् ।
विधानसभाले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणको काम हुन नसकेको स्वीकार गर्दै उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि वढाइसकेको पनि बताए ।
Comments







