काठमाडौं ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले महासभा सम्बन्धी कार्यक्रम सम्पन्न भए लगत्तै कोष्टारिका भ्रमण गर्ने कार्यतालिका छ ।

संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्न शनिबार राती ९ बजे प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गरेको हो उनी आजसहित १३ दिन स्वदेश बाहिरै हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १८ असोजमा प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्नेछन् । सम्बोधन पूर्व नै प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी लगायत २० जना रहेका छन् । टोलीमा प्रधानमन्त्रीका नीजि चिकित्सक, उच्च सरकारी अधिकारी, सञ्चारकर्मी लगायत छन् ।
हेर्नुहोस् प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरुको सूची:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।