काठमाडौं ७ असोज । दशैं आउन अब केही हप्ता मात्र बाँकी रहेको र दशैंका लागि अग्रिम टिकट बुकिङ खुलिसकेको अवस्थामा सर्वसाधरणले भने यातायातामा महंगो भाडा तिर्न पर्ने भएको छ । दशैंमा झण्डै आधा करोड मानिस उपत्यका बाहिरिने गर्दछन् । उनीहरु महंगो भाडामा पर्ने भएका छन् भने व्यवसायीलाई सरकारले राहत दिने काम भएको छ ।

यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो ।

यातायात व्यवसायीले दशैंको मुखैमा १० प्रतिशत भाडा वृद्धि भएको हो । सरकारले दशैंको मुखमा नै भाडा वृद्धि गर्ने निर्णयलाई सहमति प्रदान गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बहानामा व्यवसायीले पनि भाडा वृद्धि गरेर सर्वसाधरणलाई मारमा पारेका हुन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि व्यवसायीले अग्रिम टिकट नै खुलाएका थिएनन् । त्यसपछि भएको वार्तामा सरकारले १० प्रतिशत भाडा वृद्धि गर्न अनुमति दिएको हो । अन्य सामान्य अवस्थामा भाडा वृद्धि गर्नु सामान्य भएपनि दशैंमा लाखौं जनता गाउँ शहर वारबेर गर्ने समयको मौकामा नै सरकारले भाडा वृद्धि गर्न दिनुलाई भने धेरैले नराम्रो मानेको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।