काठमाडौं १९ असोज । नेपालले भारतलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ । भुटानमा जारी साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको हो ।
थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतमाथि ४–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो । पेनाल्टीमा नेपाल ३–१ ले विजय हुँदै फाइनल प्रवेश गरेको हो ।
Comments