काठमाडौं १९ असोज । पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरि नारायण प्रसाद साह रौनियारविरूद्ध १९ करोड हिनामिनाको आरोपमा मुद्धा परेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौनियारको विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको आरोपसँगै त्यसको अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
हरिनारायण संघीय समाजवादीबाट पर्सा ३ बाट निर्वाचित सांसद हुन्। उनका छोरा सुमितविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।