काठमाडौं १० कात्तिक । सिंहदरबारस्थित सांसदहरुले प्रयोग गर्ने क्यान्टिनमा १ सय ३० मै मासु भात उपलब्ध हुने भएको छ ।

संघीय सांसदहरूले दिनहुँ प्रयोग गर्ने क्यान्टिनमा अधिकांश खानेकुराको मूल्य आधा घटेसँगै मासु भातको मूल्य पनि १ सय ३० मा झरेको हो ।
यसअघि ुननभेजु खानालाई २ सय ७० रुपैयाँ तिर्दै आएका सांसदहरूले अब १ सय ३० मात्र तिरे पुग्ने भएको छ । उनीहरूले यति मूल्यमा दुई सय ग्राम खसीको मासु वा माछाको मासुसहितको खाना पाउनेछन्। क्यान्टिनमा खसीरकुखुरा र माछाको मासु आलोपालो गरिने बताइएको छ ।

क्यान्टिन सञ्चालक फेरिएसँगै मूल्य घटेको हो । यसअघि संसदको क्यान्टिन रिजेन्सी ब्यांक्वेटले चलाउँदै आएको थियो । हिले अर्याल इन्टरनेसनल नेपालका योगेन्द्र राईले क्यान्टिन चलाउने नयाँ ठेक्का पाएका हुन् ।
यसअघि यहाँ कालो चियाको मूल्य १० रुपैयाँ थियो । नयाँ मूल्य ६ रुपैयाँमा झरेको छ। त्यस्तै, १५ रुपैयाँ पर्ने कालो कफी ८ मै पाइन्छ। दूध चिया र दूध कफीको दाम भने यथावत् छ। संसदको क्यान्टिनमा दूध चिया १५ र दूध कफी २० रुपैयाँ पर्छ । फोटोः फाइल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।