काठमाडौं १५ कात्तिक । राष्ट्रियसभाका अध्यक्षले १ करोड ७५ लाख, उपाध्यक्षलाई १ करोड २५ को बिलासी गाडी चढ्ने भएका छन् ।

संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागेको हो ।

जस अन्तर्गत राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

सचिवालयले सवारी खरिदका लागि १७ करोडभन्दा बढी रकम अर्थसँग मागेको छ । सचिवालयले पठाए बमोजिम रकम उपलब्ध भएमा राष्ट्रियसभा अध्यक्षले १ करोड ७५ लाख, उपाध्यक्षले १ करोड २५ को बिलासी गाडी चढ्न पाउने भएका हुन् ।

अहिले चढ्दै आएका गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट मागिएको हो । यसले राज्यलाई थप भार र जनप्रतिनिधिहरु भने थप बिलासीमय बन्ने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।