काठमाडौं १६ कात्तिक । प्रदेश ३ का भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरिएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई बर्खास्त गरेका हुन् ।

शुक्रबार स्थापितलाई पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्थापितमाथि जिम्मेवारी पालना नगरेको तथा मुख्यमन्त्रीमाथि गाली गलौज शैलीमा उत्रिएको आरोप लगाइएको थियो । मुख्यमन्त्री पौडेल उनलाई हटाउन सहमति खोज्न हिजै काठमाडौं आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।