काठमाडौं । नेपाल आइडल पहिलो चरणमा अन्तिम तेस्रोमा पर्न सफल प्रताप दासको स्वरमा ‘जुनकिरी’ भिडियोसहित बजारमा आएको छ ।

गीतकार भूपेन्द्र न्यौपानेले ‘जूनकिरी’ बोल गीतको भिडियो दर्शकमाझ ल्याएका हुन् । शंकर थापा‘स्माइल’ले संगीत भरेको उक्त गितमा दासले स्वर दिएका हुन् ।

यसअघि ‘अरूसँग’ बोलको गीत सार्वजनिक गरेका उनले ‘जूनकिरी’ एल्बम ल्याउने तयारी गरेका छन् । न्यौपाने अमेरिकाको टेक्सासमा बस्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।